Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबिच भेटवार्ता

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपति बेरदिमुहामेदोभबिच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभ बिच बुधबार दुईपक्षीय भेटवार्ता भएको छ । तुर्कमेनिस्तानको राजधानी अश्गाबातमा भएको भेटवार्तामा नेपाल–तुर्कमेनिस्तानबिचको आपसी सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण सहकार्यसम्बन्धी सत्रलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले सो सम्मेलन अन्तर्गत तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबलको सहअध्यक्षता पनि गरेका थिए ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको साइड इभेन्टका रुपमा हिजो प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्टित मुलुहरुको रूपान्तरण कुनै छनोट नभई आवश्यकता भएकोमा जोड दिएका थिए ।

हिजो प्रधानमन्त्री ओली र किर्गिज गणतन्त्रका मन्त्रिपरिषद्का अध्यक्ष कासिमालिभ बिच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओली साउन १८ गते राति उक्त देशको औपचारिक भ्रमणमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट