Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

उत्तरकाशी बाढीमा ९ भारतीय सैनिक पनि बेपत्ता, खोजी जारी

उत्तरकाशी बाढीमा ९ भारतीय सैनिक पनि बेपत्ता, खोजी जारी

एजेन्सी : भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको बाढीमा नौ भारतीय सैनिक पनि बेपत्ता भएको खुलेको छ ।भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवका अनुसार धारालीको खीर गंगाको विनाशकारी बाढीमा नौ सैनिक बेपत्ता भएका हुन् ।

शिविरमा पानी पस्दा सैनिकहरू बेपत्ता भएको बताइएको छ । भारतीय सेना राहत र उद्धार कार्यमा संलग्न छ ।१५० सैनिकहरूसँग राहत र उद्धार कार्यको नेतृत्व गरिरहेको उनले बताए । शिविरमा पानी पसेपछि जम्मा ११ सैनिकहरू बेपत्ता भएका थिए, तर पछि दुई सैनिकहरू सुरक्षित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट