Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

खानेपानी उपभोक्तालाई १ करोड २९ लाख रुपैयाँ विद्युत् महसुलमा अनुदान

खानेपानी उपभोक्तालाई १ करोड २९ लाख रुपैयाँ विद्युत् महसुलमा अनुदान

तनहुँ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/२०८१ को जेठदेखि ०८१/२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई एक करोड २९ लाख ६७ हजार रकम वितरण गरिएको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिनुभयो । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनको भनाइ थियो ।

गत वर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए । २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले जानकारी गराए ।

यहाँ २५ हजारदेखि ४० हजार रुपैयाँसम्म ७५ प्रतिशत, ४० हजारदेखि ६० हजार रुपैयाँसम्म ५०, ६० हजारदेखि ८० हजार रुपैयाँसम्म २५ र ८० हजारदेखि एक लाख रुपैयाँसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ ।

'उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ,' उनले भने, 'छ/छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।'रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij