इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका २ मा रहेका पुरानो गुरुङ बस्ती हो घुर्केश । यहाँ चिटिक्क परेका पुराना परम्परागत घरहरु छन् । यस गाउँमा पछिल्लो समय पर्यटकहरुको आगमन बढ्न थालेका छन् । यहाँ दैनिक जसो पर्यटकहरुआउन थालेका छन् ।यहाँ गाउँपालिकाको सहयोगमा १४ घरमा होमस्टे (घरवास)सञ्चालनमा रहेको छ । होमस्टे सञ्चालनसगैँ यहाँ आन्तरिक पर्यटकहरुको आगमन वृद्धि भएको हो ।स्थानीय संगम गुरुङका अनुसार शुक्रबार १४ वटै होमस्टेमा पाहुनाहरु भरीभराउ भएका थिए । उहाँका अनुसार विशेष गरेर शनिबार र विदाको दिनमा यहाँ आन्तरिक पर्यटकहरु बढी आउने गर्छन् । यहाँ गर्मी मौसममा पर्यटकको आगामन बढी हुने गर्दछ । सितल हावा पानी र स्थानीय परिकारहरुको स्वाद लिन पर्यटकहरु आउने गर्दछन् ।

गाउँपालिकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने सामाग्री, तालिम र होमस्टे अवलोकन भ्रमण समेत गराएका छन् । विशेष गरेर यहाँको पर्यटकीय स्थल ऐतिहासिक उपर्दाङगढी,मायाटार पाथिभरा सिंहदेवी बालगौरी मन्दिर आउने पर्यटकहरुका लागि बास बस्न घुर्केशको होमस्टे रोजाइमा पर्दै आएका छन् ।घुर्केश गाउँमा होमस्टे सञ्चालनसगैँ यस आसपासका पर्यटकीय स्थलहरु अवलोकन गर्न आउनेहरुलाई बास बस्न सहज भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij