Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध

बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध

काठमाडौँ : बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार देशका ५ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ७ स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन्।

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५ गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका६ स्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij