काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग अर्थात् फास्ट ट्र्याक निर्माणको काम चलिरहेको छ ।नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । तर नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहण जस्ता विभिन्न कारणले निर्माण कार्यले गति लिन सकिरहेको छैन।

काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आव २०८१-८२ को अद्यावधिक विवरण अनुसार आयोजनाको २०८२ असार मासान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत रहेको छ । यसैगरी समष्टिगत वित्तीय प्रगति ४४ प्रतिशत रहेको छ ।

आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ ।

आयोजनाको हालसम्मको समष्टिगत खर्च ८० अर्ब ५४ करोड रहेको छ। जग्गा खरिदको लागि दिइएको पेस्की रु १ अर्ब ६५ करोड तथा निर्माण व्यवसायीलाई पेस्की दिइएको ८२.३७ करोड र विद्युत् प्राधिकरणको लागि पेस्की दिइएको रकम रु ९.८१ करोड सहित कुल २ अर्ब ५७ करोड राजश्व दाखिला गरिएको रकम समेत समावेश गरिएकोले आयोजनाको खुद खर्च ७७ अर्ब ९७ करोड रहेको छ ।











© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij