Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता

राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता

काठमाडौँ : नेपाल चलचित्र कलाकार संघले शुक्रबार अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र हस्तान्तरण गरेको छ । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तित्वहरूलाई प्रदान गरिने मानार्थ सदस्यता हमाललाई प्रदान गरेको हो।

मानार्थ सदस्यता हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्‌का, वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी , महासचिव सविन श्रेष्ठ, निर्देशक समाजका सचिव देवेन्द्र पाण्डे सहभागी थिए ।

संघका अध्यक्ष मोहन निरौलाले परिचय पत्र हस्तान्तरण गर्दै लामो समयदेखि नेपाली चलचित्रको विकास विस्तारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदान, स‌मर्पण र साधनाका लागि मानार्थ सदस्यता प्रदान गरिएको बताए । हमालले संघले पुर्‍याएको योगदानको प्रशंसा गर्दै सम्मान स्वरूप मानार्थ सदस्यता प्रदान गरेकोमा संघलाई धन्यवाद दिए ।

२०४५ भाद्र २३ गते कलाकारहरूको हकहित र वर्गीय सुरक्षा एवं नेपाली चलचित्र क्षेत्रको संरक्षण संवर्द्धनका लागि स्थापना भएको नेपाल चलचित्र कलाकार संघ नेपाली चलचित्र कलाकारहरूको एक मात्र छाता संगठन हो। नेपाल चलचित्र कलाकार संघमा नेपाली चलचित्रका सम्पूर्ण कलाकारहरू

संघमा आबद्ध रहेको कुरा संघका महासचिव सबिन श्रेष्ठले बताए । कलाकार संघको स्थापना दिवसको अवसर पारि यहीँ भाद्र २१, २२, २३ गते विविध कार्यक्रम गरी मनाउने कलाकार संघको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij