Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दोस्रो विवाह गर्न पाइने कानुन प्रस्ताव गर्दै सरकार

दोस्रो विवाह गर्न पाइने कानुन प्रस्ताव गर्दै सरकार

काठमाडौं : पहिलो पत्नी हुँदाहुँदै अर्की पनि बिहे गर्न पाइने ‘कारण’सहित कानुनको मस्यौदा तयार गरिएको छ।कानुन मन्त्रालयले यस्तो मस्यौदा तयार पारेर दोस्री महिलाको सामाजिक जीवनको सुरक्षणको कारणलाई औंल्याएको छ।मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेको हो।

विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागिएको हो।दोस्रो विवाह हुनै नसक्ने कानुनी अवस्थाले महिला पीडित हुन पुगेकाले कानुन संशोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको विवरण सतहमा आएका छन्।

कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई उदृत गर्दै विवाह गर्ने हक स्वतन्त्र रहेको र कसैको मन पहिलो पत्नीसँग मिलेको रहेनछ भने उसले अर्की महिलासँग सम्बन्ध राख्छ र बच्चा पनि जन्मिन्छ भने त्यो सम्बन्धलाई विवाहमा परिणत नगर्दा दोस्रो महिलाको जीवन बर्बाद भएको र सडकमा पुगेका कारण कानुन संशोधन गर्न लागिएको हो। ढुंगानाले भनेका छन्,‘त्यसलाई रोक्न हामीले सर्तसहितको दोस्रो विवाहलाई कानुनी मान्यता दिने व्यवस्था गर्न लागेका हौं।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij