Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

बनेपा : भारतको शीर्ष टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। बनेपा मार्भल प्यालेस द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यको उपस्थिति रहेको थियो। उनले रिबन काटेर शोरुमको शुभारम्भ गरे। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भूषण तिवारीको उपस्थिति थियो। बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठुलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij