Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

फष्टलुक्समा यस्तो देखियो 'हरिबहादुरको जुत्ता'

फष्टलुक्समा यस्तो देखियो 'हरिबहादुरको जुत्ता'

काठमाडौँ : फिल्म 'हरिबहादुरको जुत्ता' को पहिलो झलक (पोस्टर) सार्वजनिक भएको छ। पोस्टरमा हरिवंश आचार्यलाई सिङ्गल रूपमा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्ममा रहेको उनको पात्रलाई स्पष्ट पर्ने कोसिस गरेको छ। हरिबहादुर पात्र टेलिभिजन दर्शकमाझ लोकप्रिय छ। यही पात्रलाई झल्को दिने पोस्टर तयार गरिएको छ ।

फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ।दीपेन्द्र के खनाल निर्देशित फिल्म दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत फिल्ममा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij