बागमती : बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार जारी गरिएको विज्ञप्तिअनुसार उहाँलाई काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा भर्ना गरी उपचार थालिएको हो ।प्रदेश प्रमुखको किड्नीमा पथ्थरी देखिएपछि चिकित्सकको सल्लाहअनुसार उहाँलाई अस्पतालमै राखेर उपचार भैरहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखको स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि बिहिबार दिउँसो १ बजेका लागि तय गरिएको बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम स्थगित गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij