काठमाडौँ : पद्मश्री साहित्य पुरस्कारका लागि छनोट गरिएका कृतिको संक्षिप्त सूची सार्वजनिक गरिएको छ । २०८१ सालमा प्रकाशित २०३ साहित्यिक कृतिबाट यसअघि १५ वटा छनोट गरिएको थियो । त्यसमध्येबाट पनि पाँच वटा छनोट गरिएको खेमकला हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार उरमाल (आख्यान), छालबाटो (गैरआख्यान), प्रणाम सगरमाथा (नियात्रा), स्व (उपन्यास) र हिउँको गीत (उपन्यास) संक्षिप्त सूचीमा परेका छन् ।
यही सूचीबाट एक पुस्तकलाई पद्मश्री पुरस्कारका लागि छनोट गरिने जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij