Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

१०९ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

१०९ ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं : काठमाडौंको सामाखुसी क्षेत्रबाट खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन्।बुधबार अपराह्न काठमाडौं महानगरपालिका–२६ स्थित टाउनप्लानिङ क्षेत्रमा रहेको एक घरबाट झापा मेचीनगर नगरपालिका–१० का शंकर राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।उनलाई लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक शरण विक्रम शाहको नेतृत्वमा खटिएको ६ सदस्यीय टोलीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले पक्राउ परेका राजवंशीको कोठाको सिरानीमुनि लुकाएर राखिएको अवस्थामा प्लास्टिकसहित ११३.६८ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। त्यसमध्ये प्लास्टिकको तौल घटाएर १०९.२२ ग्राम शुद्ध हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीले उक्त कोठाबाट लागूऔषधका साथै एउटा डिजिटल तराजु, ९ थान मोबाइल फोन, ८२ हजार ६३५ रुपैयाँ नेपाली नगद र ६ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij