Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

विवाह गर्दै ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा

विवाह गर्दै ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा

काठमाडौँ : ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् ।

उनको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा आयोजना गरिएको छ । विवाहमा साथीभाइ, परिवार र नजिकका आफन्तलाई निम्त्याइएको छ ।

प्रलभसँगको करिब ७ वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेको बताइन्छ । आश्माले वेभ सिरिज रङ टाइमबाट अभिनय थालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij