Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा

भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा

काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा मङ्गलबार १३ औँ नाग पञ्चमी उत्सव भव्य रूपमा मनाइएको छ ।पर्वको अवसरमा २७ फिट लामो कालीनागको विशेष रुद्री पूजा गर्दै धार्मिक उत्सव सम्पन्न गरिएको हो । सुडाल १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर मन्दिर निर्माणस्थल समेत हो । उक्त कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर निर्माणलाई तीव्रता दिन तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

मन्दिर निर्माणका लागि समय र धेरै खर्च लागेपनि मन्दिर निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले हाल देखिएको खडेरीको समस्यालाई पनि गम्भीर रूपमा लिनु जरुरी रहेको उल्लेख गर्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘१०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर जुन निर्माण गर्ने क्रममा हामी रहेका छौँ । यस्तै २७ फिट लम्बाई भएको काली नागको १३ औँ नाग पञ्चमी उत्सव हामी आज यहाँ मनाइरहेका छौँ । यो मन्दिर निर्माणको लागि केही समय लागेपनि निर्माण नै नहोला भन्ने कुरा होइन । तीनै तहको सरकार मिलेर यो मन्दिर निर्माण कार्य सम्पन्न गर्न प्रतिबद्ध हुनुपर्छ । अहिले भइरहेको खडेरीको समस्या समाधान गर्न पनि सबैले आआफ्नो भूमिका निर्वाह गर्न जरुरी रहेको छ ।’नागपञ्चमी मेलामा स्थानीय बासिन्दा, धार्मिक अगुवा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij