एजेन्सी : मंगलबार पूर्वी भारतमा हिन्दु तीर्थयात्री बोकेको बस र ग्यास सिलिन्डर भरिएको ट्रक आपसमा ठोक्किदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । हिन्दु तीर्थयात्री श्रावण मनाउन तीर्थस्थलतर्फ जाँदै गरेको बस झारखण्डको देवघर राज्यमा र्दुघटना भएको अधिकारीहरूले बताएका छन् ।
गत नोभेम्बरमा एउटा बस उत्तरी राज्य उत्तराखण्डमा गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij