Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कुलिङ पिरियड गडबडीबारे छानबिन समितिले थाल्यो प्रतिवेदन लेखन

कुलिङ पिरियड गडबडीबारे छानबिन समितिले थाल्यो प्रतिवेदन लेखन

काठमाडौं : कुलिङ पिरियड गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन लेखनको तयारि थालेको छ ।सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समयमै काम सक्ने गरी समितिले प्रतिवेदन लेखनको तयारि थालेको समितिका सभापति जीवन परियारले बताए ।समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहेका छन् ।

समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।प्रतिनिधि सभाको बैठक साउन १९ गते बस्दैछ त्यसैदिन छानबिन प्रतिवेदन पेस गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij