लमजुङ : लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ को हावाडाँडा र जगतबीचको सडकखण्डमा सोमबार राति ठूलो पहिरो खस्दा बेंसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।स्थानीयबासी र प्रहरीका अनुसार पहिरोसँगै ठूला ढुंगासमेत खसेकाले सडक पूरै अवरुद्ध भएको हो ।मर्स्याङ्दी गाउँपालिका–४ जगत निवासी खुसीराम गुरुङका अनुसार पहिरो खस्नासाथ दुवैतर्फको यातायात रोकिएको छ । सवारीसाधन र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
पहिरोका कारण विद्युत र इन्टरनेट सेवा पनि पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोले ३३ केभी र ११ केभी क्षमताका विद्युत पोलसहित इन्टरनेटका पोलहरु ढालेको छ भने तारहरु चुँडिएका छन् । पहिरो पन्छाउने प्रयास तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij