Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दाजुको हत्या गरी फरार युवक प्रहरी नियन्त्रणमा

दाजुको हत्या गरी फरार युवक प्रहरी नियन्त्रणमा

सिराहा : सिराहामा सामान्य पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेर गाउँबाटका फरार थिए ।हत्यापछि श्यामकुमारलाई प्रहरीले औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेपछि रोक्न आएका दाजु मोतीरामलाई श्यामकुमारले छातीमा धारिलो हतियारले प्रहार गरेका थिए ।गम्भीर घाइते भएका मोतीरामलाई तत्काल छिमेकीले लहानस्थित प्रादेशिक अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij