Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

आत्महत्याको चेतावनीपछि अनिलकाे गीत फिर्ता

आत्महत्याको चेतावनीपछि अनिलकाे गीत फिर्ता

काठमाडौँ : गायक अनिल सिंहले म्युजिक डटकम, म्युजिक नेपालबाट अडियो गीत फिर्ता पाउने भएका छन् । गीतको विषयमा यी दुबैसँग कपिराइट र रोयल्टीका विषयमा कुरो मिलेको गायक सिंहले बताए ।

गायक सिंहले सामाजिक सञ्जालबाट म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य बनाएको, आफ्नो म्युजिक करियर र संगीत जीवन समेत बर्वाद पार्न लागेको आरोप लगाउँदै एक भिडियो पोस्ट गरेका थिए । त्यसपछि कम्पनीले उनलाई गीत फिर्ता दिने भएको हो ।

सिंहका अनुसार अब गीतको अडियो राइट उनमै हुनेछ र भिडियो राइट मात्र म्युजिक डटकम र म्युजिक नेपालमा हुनेछ । सो विषयमा दुवै बिच साँझसम्म सम्झौता हुनेछ । ‘मैले मेरै गीतहरू प्रयोग गर्न पाइरहेको थिइनँ । आफ्नै गीत प्रयोग गर्दा कपि राइट लाग्थ्यो’, गायक सिंहले भने, ‘अब भने अलिकति राहत मिल्यो ।’ आजबाट यो समस्याको समाधान हुने सिंहले विश्वास लिएका छन् ।

म्युजिक डटकम र सिंहबिच म्युजिक नेपालबाट प्राप्त रोयल्टी आधा–आधा बाँड्ने सम्झौता समेत हुँदैछ । गीतहरूको अडियो भने सिंहले सहजै बिना कपिराइट आफ्नो अनुकूल प्रयोग गर्न पाउनेछन् । सिंह एक समयका चर्चित पप गायक हुन् । उनका ‘इन्जिन गाडीमा’, ‘आइ लभ यु’ जस्ता थुप्रै गीत सुपर हिट छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij