Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सर्पको टोकाइबाट एककोे मृत्यु

सर्पको टोकाइबाट एककोे मृत्यु

दाङ : दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

आज बिहान उनलाई घरभित्र सर्पले टोकेको थियो । यादवको उपचारको क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ । शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij