Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सुन्दरीजलमा फसेका पाँचजनालाई नेपाली सेनाले गर्‍यो उद्धार

सुन्दरीजलमा फसेका पाँचजनालाई नेपाली सेनाले गर्‍यो उद्धार

काठमाडौं : सुन्दरीजलमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ । बोल बम यात्रा गर्न सुन्दरीजल पुगेका चार भारतीय र एक नेपाली नागरिकलाई सेनाले उद्धार गरेको हो ।

बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक नुहाउने क्रममा एकासी खोलाको बहाव बढेपछि उनीहरु खोलाको बीचमा फसेका थिए ।पानीको बहाब नघटेपछि उनीहरुलाई चन्दननाथ गणबाट खटिएका सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij