Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जवाफ नसुनेरै सांसद्हरू बाहिरिने प्रवृत्तिमाथि महालेखा परीक्षक रायाले गरे यस्तो टिप्पणी

जवाफ नसुनेरै सांसद्हरू बाहिरिने प्रवृत्तिमाथि महालेखा परीक्षक रायाले गरे यस्तो टिप्पणी

काठमाडौँ : महालेखा परीक्षक तोयम रायाले सांसदहरूले प्रश्न सोध्ने र जवाफ दिनेबेला उठेर हिँड्ने प्रवृत्ति बारे टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा आइतबार ६१ र ६२ ओैँ प्रतिवेदनमाथि भएको छलफलमा बोल्दै यस्तो टिप्पणी गरे ।

’माननीयहरूले आधा घण्टा प्रश्न सोध्ने अनि उठेर हिँडिदिएर हुँदैन । मैले जवाफ दिनेबेला सबै उठेपछि कसलाई सुनाउने ? तपाईँहरू प्रश्न सोध्ने अनि उठेर जाने बेलुका टिभीमा हेरेर मात्रै हुँदैन होला नि । आधा घण्टा प्रश्न सोध्ने अनि उठेर हिँडिदिए नत्र हामीले यसलाई पनि बेरुजु भन्दिन्छौ,’उनले हाँस्दै भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij