Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

‘परालको आगो’बाट किन बाहिरिए जितु नेपाल ?

‘परालको आगो’बाट किन बाहिरिए जितु नेपाल ?

कलाकार जितु नेपाल फिल्म ‘परालको आगो’बाट बाहिरिएका छन् । जितुसँग निर्माणपक्षले केही महिना अघि संझौता गरेको थियो । तर, आन्तरिक रुपमा निर्माणपक्ष र जितुपछि कुरा नमिलेपछि उनी फिल्मबाट बाहिरिएका हुन् । विशेष श्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार, जितुले फिल्मको कथावस्तु र टिममा नै हस्तक्षेप गर्न खोजेका थिए ।

फिल्मको छायांकन दशैंको फूलपाती अगाडिबाट नै सुरु गर्ने तयारी निर्माणपक्षको छ । जितुले उक्त मितिमा आफूले समय दिन नसक्ने पनि बताएका थिए । आन्तरिक रुपमा केही कुरामा असमझदारी भएपछि जितु फिल्मबाट बाहिरिएका हुन् । निर्माणपक्षले उनले निर्वाह गर्ने भूमिकाका लागि अन्य केही कलाकारहरूसँग कुराकानी गरिरहेको वुझिएको छ । सुशील पोखरेलको निर्माणमा लक्ष्मण सुनारको निर्देशन रहने फिल्ममा नायक प्रकाश सपुत र नायिका सुहाना थापा फाइनल भइसकेका छन् ।

निर्माणपक्षले फिल्मको प्रदर्शन मिति तय गरेको छैन । फिल्मको घोषणा हुँदा दशैंको फूलपातिबाट रिलिज गर्ने तयारी गरिएको थियो । तर, छायांकनमा ढिलाई भएपछि निर्धारित मितिबाट निर्माणपक्ष पछि हटिसकेको छ । वुझिएअनुसार, फिल्मलाई यही वर्षमा नै योजना निर्माताको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij