धनगढी : धनगढीमा गत साउन ४ गते भएको आगलागीमा परी जलेका आठ वटा पसलमा ६ करोड ३० लाखको क्षति भएको छ। विद्युत् सर्टका कारण धनगढी–४ स्थित नास्ट कलेज नजिकै आठवटा सटरमा आगलागी भएको थियो।
आगलागीबाट हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्टमा क्षति पुगेको थियो।
आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक बालनरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरीका ४५ जना र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरीका २५ जना सुरक्षाकर्मी खटिएका थिए। धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा करिब सवा एक घण्टापछि राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो।
उक्त आगलागीको घटनामा ६ करोड ३० तीस रुपैँया क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij