Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पानी माग्दै वीरगन्जका मुस्लिम समुदायले अल्लाहलाई गुहारे, इदगाहमा गएर गरे सामूहिक प्रार्थना

पानी माग्दै वीरगन्जका मुस्लिम समुदायले अल्लाहलाई गुहारे, इदगाहमा गएर गरे सामूहिक प्रार्थना

वीरगन्ज : खडेरी र चापाकल सुकेर मधेस प्रदेश संकटग्रस्त बनेको बेला वीरगन्जमा शनिबार मुस्लिम समुदायले अल्लाह (भगवान्)सँगै पानी माग्दै ‘इस्तिस्का’ नमाज (प्रार्थना) गरेका छन्।शनिबार वीरगन्ज महानगरपालिका-१७ अलौंस्थित इदगाहमा सामूहिक रूपमा भेला भएर मुस्लिम समुदायहरूले पानीका लागि ‘इस्तिस्का’ नमाज (प्रार्थना) गरेका हुन्।

अलौंका स्थानीय आशिक अन्सारीका अनुसार इदगाहमा करिब ४ सयको संख्यामा भेला भएका मुस्लिम समुदाय सुरुमा ‘इस्तिस्का’ नमाज (प्रार्थना) गरे। त्यसपछि उनीहरूले अल्लाहसँग पानीको लागि दुवा (गुहार)पनि मागे । अल्लाहसँग दुवा माग्दै उनीहरूले भनेका थिए,‘ हे अल्लाह हामीलाई थाहा छ तपाईं रिसाउनु भएको छ। तर तपाईं त सबैको मालिक हो। त्यसका कारण हाम्रो दुवा कबुल गर्नुहोस्। वर्षा गराइ दिनुस्। किनकी वर्षा नभएर धर्तीका रुख बिरुवाहरू छटपटाइरहेका छन्। पानी खान नपाएर मानिसहरू तड्पी रहेका छन्। त्यसका कारण हाम्रो फरियाद (गुहार) सुनि दिनुहोस् भगवान्।’

लामो समयदेखि वर्षा नभएर परेको खडेरीले बालीनाली डढ्न थालेको तथा चापाकलहरु सुकेर पिउने पानीकै हाहाकार भएपछि वीरगन्जका मुस्लिम समुदायले वर्षा र पानी माग्दै अल्लाहलाई गुहारेको अन्सारीले बताए। उनले भने,‘हामीलाई हाम्रो भगवान् अल्लाहमाथि भरोसा छ। उहाँले हाम्रो दुवा कबुल (स्वीकार) गर्नु नै हुनेछ। छिट्टै यहाँ वर्षा हुनेछ। हामीले पिउने पानी पाउने छौं।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij