Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

इरानको जेलमा रहेका ५ नेपाली रिहालगत्तै काठमाडौँमा

इरानको जेलमा रहेका ५ नेपाली रिहालगत्तै काठमाडौँमा

काठमाडौँ : इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन्। तेहरानस्थित अदालतको आदेशपछि उनीहरूलाई रिहा गरिएको हो।

नेपाल सरकारको समन्वय, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा उनीहरूलाई बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायल–इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्वपछिको जटिल अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सुरक्षाका उपायस्वरूप इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन, यात्रा सुझाव तथा आवश्यकता अनुसार उद्धारको प्रक्रिया अघि बढाएको थियो।

द्वन्द्वकै क्रममा नेपाल सरकारले भारत सरकारसँग गरेको आग्रहअनुसार ुअपरेशन सिन्धुु अन्तर्गत भारतबाट सञ्चालित उद्धार उडानमार्फत तीन चरणमा नौ जना नेपालीहरूलाई पनि सुरक्षित उद्धार गरिसकिएको मन्त्रालयले जनाएको छ। उद्धार तथा समन्वयको सम्पूर्ण प्रक्रियामा सहयोग गर्ने भारत सरकार, इरान सरकार, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतलगायतप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij