Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

'निःशब्द'मा निःसन्तान जोडीको कथा

'निःशब्द'मा निःसन्तान जोडीको कथा

काठमाडौं : सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबको बिषयबस्तुमा सर्ट फिल्म ‘निःशब्द’ निर्माण भएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको फिल्म रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको अभिनय रहेको छ । फिल्मका लेखक तथा निर्माता पनि ज्ञवाली हुन् ।शंकल्प भुजेलको छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र अवार्ड प्रतिस्पर्धापछि मात्र सर्वसाधारका लागि ल्याउने निर्देशक ज्ञवलीले बताए ।

‘निःशब्द’ले सन्तान नहुँदा समाज र पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता र मौन पीडालाई पर्दामा जीवन्त पार्ने हाम्रो प्रयास हो’, निर्देशक ज्ञवलीले भने ‘फिल्मले दर्शकलाई भावनात्मक रूपमा छुने र सोच्न बाध्य पार्नेछ ।’ज्ञवालीले यसअघि ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij