Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नागरिक लगानी कोष सञ्चालक समितिबाट नेप्सेको सीईओलाई हटाउने तयारी

नागरिक लगानी कोष सञ्चालक समितिबाट नेप्सेको सीईओलाई हटाउने तयारी

काठमाडौँ : नागरिक लगानी कोषको सञ्चालक समितिबाट नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत हट्ने भएका छन् । नागरिक लगानी कोष ऐन संशोधन गर्न विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । अहिले कोषको सञ्चालक समितिमा नेपाल सरकारले नियुक्त गरेको विज्ञ व्यक्ति अध्यक्ष रहने व्यवस्था छ ।

त्यसबाहेक सञ्चालकहरूमा नेपाल सरकारका सहसचिव, राष्ट्रिय बिमा कम्पनीको प्रशासक, नेपाल स्टक एक्सचेन्जको सीईओ, बैंक वित्तीय वित्तीय संस्थामध्येबाट एक जना, बैंकिङ तथा पुँजी बजारसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति मध्येबाट एक जना, सर्वसाधारण सेयर धनीबाट एक जना र कोषका कार्यकारी निर्देशक एक जना रहने व्यवस्था छ । तर संशोधित विधेयकको मस्यौदामा अरू सबैलाई यथावत् राख्दै नेप्सेको सीईओलाई भने हटाउने व्यवस्था गरिएको छ ।

प्रस्तावित ऐनमा कोषको अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै कोषको लगानी दायरालाई फराकिलो बनाउने लगायत व्यवस्था छन् । कोषको सञ्चालक समितिको अधिकारमा समेत हेरफेर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij