चितवन : चितवन राष्ट्रिय निकुञ्जमा ८३ वटा वन्यजन्तु मरे। गत आर्थिक वर्ष २०८१/२०८२ मा दुलर्भ एक सिंगे गैँडा, हात्ती, बाघ, चित्तल लगायतका ८३ वटा वन्यजन्तु मरे।निकुञ्जका अनुसार प्राकृतिक कारण सबैभन्दा बढी ४५ वटा वन्यजन्तु मरे। त्यस्तै कुकुरको आक्रमणबाट १७, एक आपसमा जुधेर चार, दलदलमा परेर तीन, तार जाली, सडक दुर्घटना, र बाढीले बगाएर समान दुईरदुई, विद्युतीय करेन्ट र कारण नखुलेको समान एकरएक र अन्य कारणले छ वटा वन्यजन्तु मरे।यसपटक चोरी शिकारीले कुनै पनि वन्यजन्तु मरेका छैनन्।
वन्यजन्तुमध्य सबैभन्दा बढी ३१ वटा चित्तल मरे। एकै वर्षको अवधिमा २८ वटा गैँडा समेत मरेका छन्।मर्नेमा एघार वटा पोथी, दश वटा भाले र लिंग छुट्टिन नसकेका सात वटा गैँडा रहेका छन्।
चितवनमा मात्रै एक वर्षको अवधिमा सात वटा हात्ती मरे। मकुना हात्तीलाई निकुञ्जले कारण नखुलेकोमा उल्लेख गरेको छ। गत माघ महिनामा निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको गोली लागेर मकुनाकाे मृत्यु भएको थियो।यस्तै जरायो तीन, बाघ, घडियाल गोही र नीलगाई समान दुई र दुई, चरीबाघ, रतुवा, अजिंगर, स्याल र भालु समान एक र एक वटा मरेको सूचना अधिकारी थापामगरले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij