Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

नेवाः पुचःले मनायो गठेमङ्गल जात्रा

नेवाः पुचःले मनायो गठेमङ्गल जात्रा

भरतपुर : नेवाः पुचः नारायणगढले गठेमङ्गल जात्रा भव्यरूपमा मनाएको छ ।वर्षभरिका चर्तुदशीहरूमध्ये गठेमङ्गल चतुर्दशीको महत्त्व निकै फरक अनि व्यावहारिक भएको र कला, संस्कृतिलाई संरक्षण र सम्वरेद्धन गर्ने संस्थाको उद्देश्यअनुरुप गठेमङ्गल जात्रा मनाउने कार्यक्रमलाई निरन्तरता दिइएको कुरा जात्रा संयोजक ईरा खड्गीले जानकारी गराइन्।

यस दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ ।उक्त जात्रामा घन्टाकर्ण राक्षसको प्रतिमूर्ति बनाएर संस्थाको भवन अगाडि मैयादेवी मार्गको चोकमा राखी पूजा गरेपछि सगुन खाएर बाजागाजाका साथ मूर्तिलाई नारायणगढ बजार परिक्रमा गरी नारायणी नदीमा विसर्जन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट