साधारणसभालाई थप रोमान्चित बनाउनको लागि विभिन्न उद्योगहरुबाट उत्पादित सामाग्रीहरु सहितको चिठ्ठा कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा चितवन उद्योग संघ, रत्ननगर समितिकी कोषाध्यक्ष प्रमिला पोखरेलको अनुपस्थितिमा रत्ननगर समितिकी कार्यसमिति सदस्य बिन्दु शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका प्रतिवेदनहरु माथि सभाले अनुमोदन समेत गरेको थियो । साधारणसभालाई चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन घोषणाका लागि निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो । चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीको नेतृत्वमा रत्ननगर नगरपालिकाका उद्योग अधिकृत अर्जुन पंगेनी र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल निर्वाचन सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा समेत गरेको थियो ।
नवनिर्वाचित समितिको अध्यक्षमा सुवासचन्द्र गौतम, उपाध्यक्षहरुमा दिपक चापागाईं, बिष्णु प्रसाद लामिछाने, माधव थपलिया, सचिवमामा शालिकराम बास्तोला, कोषाध्यक्षमा गीता सिम्खडा, सह–सचिवमा कपिल सिम्खडा, कार्यसमिति तथा महिला अध्यक्षमा बिन्दु शर्मा, कार्यसमिति सदस्य एवम् युवा अध्यक्षमा प्रदिप सिंह कुर्मी, कार्यसमिति सदस्यहरुमा उमा कुमारी सापकोटा, राजेन्द्र आचार्य, बिष्णु प्रसाद भट्टराई, गोकर्ण गिरी, लक्ष्मी देवकोटा, महिला उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा जमुना ओझा, निर्मला पाण्डे, युवा उद्यमी मञ्च रत्ननगरको सदस्यहरुमा माधव सापकोटा, कृष्ण अर्याल, लेखा समिति सदस्यमा रामप्रसाद पराजुली चयन चयन हुनु भएको छ । कार्यक्रम अन्तर्गत नव निर्वाचत समितिका अध्यक्षलाई चितवन उद्योग संघ, रत्ननगर समितिका निवर्तमान अध्यक्ष उमाकान्त पौडेल र नवनिर्वाचित कार्यसमितिलाई नवनियुक्त अध्यक्ष सुवासचन्द्र गौतमले शपथ खुवाउनु भएको थियो । नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षले पद सँगै माईन्युट हस्तान्तरण गर्नुभएको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष सुवास चन्द्र गौतमले प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij