Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

‘सिङ्गिङ स्टार नेपाल’बाट पैसा नपाएको निर्णायक त्रिशला गुरुङको गुनासो

‘सिङ्गिङ स्टार नेपाल’बाट पैसा नपाएको निर्णायक त्रिशला गुरुङको गुनासो

काठमाडौँ : गायिका तथा टेलिभिजन गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल’ निर्णायक डा। त्रिशला गुरुङले आफुले पैसा नपाएको गुनासो गरेकी छन् ।शो सकिएको तीन महिना बितिसक्दा पनि पारिश्रमिकको आधा रकमसमेत नपाएको गुनासो गरेकी हुन् ।सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै उनले शोका निर्देशक प्रमोद भण्डारीले सम्झौताअनुसारको रकम नदिएको र सम्पर्कका सबै माध्यमहरूमा बेवास्ता गरेको लेखेकी छन् ।

'आज हाम्रो देशको मनोरञ्जन उद्योगको अवस्था देखेर म अत्यन्तै दुःखी छु । हामी सधैं आफ्नो कामप्रति इमानदार रह्यौं र यो ब्रान्डलाई आफ्नै जस्तो मानेर काम गर्‍यौं। तर शो सम्पन्न भएको ३ महिना बितिसक्दा पनि सम्झौतामा उल्लेख गरिएको रकमको आधा पनि हामीले पाएका छैनौं ।'आफूहरू कामप्रति इमानदार हुँदाहुँदै पनि यस्तो स्थिति हुँदा दुःख लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij