Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सत्ता छोडेर गठबन्धनबाट बाहिर निस्कनुपर्छ : गगन थापा

सत्ता छोडेर गठबन्धनबाट बाहिर निस्कनुपर्छ : गगन थापा

चितवन : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् ।नेपाली कांग्रेस चितवनले ४३ औं बीपी स्मृति दिवसको सन्दर्भमा आज आयोजना गरेको बीपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।​

पन्ध्रौं महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रूखमा बाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।उनले भने, ‘गठबन्धन नगरे सरकारमा पुगिन्न कि भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट