चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट वस्तीमा पसेको बाघ आज उद्दार गरिएको छ ।एक हप्ताभन्दा बढी दिनदेखि निकुञ्जको पश्चिम क्षेत्रबाट मेघौली पानीट्याङ्की आसपास निस्किएर स्थानीयलाई त्रास बढेपछि आज निकुञ्जका प्राविधिक टोली, नेपाली सेनासमेतको टोलीले डार्ट गरि बाघको उद्धार गरिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ बाटो बिराएर बस्ती प्रवेश गरेको थियो ।
जंगल आफैं जान सक्छ कि भनेर निगरानीमा राखिएपनि इलेक्ट्रिक तारबार पनि भएकोले जंगल प्रवेश गर्न नसकेपछि आज डार्ट गरिएको हो । दुई वर्षको पोथी बाघलाई निकुञ्जको वनक्षेत्रमा लगेर सुरक्षित छोडिने उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij