चितवन : भरतपुरमा रहेको श्रीचितवन कलेजले सञ्चालन गरेका स्वास्थ्य क्षेत्रका डिप्लोमा र पिसिएस कार्यक्रममा विद्यार्थीको आकर्षण बढेको छ । कलेजमा भर्ना खुलेसँगै विद्यार्थीको आकर्षण बढेको हो ।
कलेजमा डिप्लोमा ईन फार्मेसी (डि फर्मा) मा ४० सिट, जनरल मेडिसिन (एचए) मा ४० सिट, सर्टिफिकेट ईन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (सिएमएलटी) मा ३० सिट र पिसिएल ईन डाईग्नोस्टिक रेडियोलोजीमा ३० सिटमा भर्ना खुलाएको हो ।
कलेजका सञ्चालक सरोज ढकालले बि.सं. २०५३ सालमा भाडाको घरबाट शुरु गरिएको प्राविधिक शिक्षाको कक्षा अहिले श्रीचितवन कलेज र श्री कलेज अफ टेक्नोलोजी आफ्नै सुविधासम्पन्न भवनमा रहेको बताउनुभयो । गुणस्तरीय शिक्षा दिएकै कारण विद्यार्थीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले अध्यापन गराउन सबै विषयमा विद्यार्थीको आकर्षण उत्तीकै छ ।” सैद्धान्तिक, व्यवहारिक र प्रयोगात्मक ज्ञान दिन सकेकै कारण कलेजप्रतिको विश्वास बढेको उहाँले बताउनुभयो ।
आफ्नो कलेजमा दुर्गम कर्णालीदेखि तराईसम्मका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको भन्दै उहाँले नेपालका सबै क्षेत्रबाट विद्यार्थी अध्ययनका लागि आउँदा खुशी लागेको बताउनुभयो ।
विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनका लागि मिडवाइफरी ल्याब, फण्डामेन्टल ल्याब र फार्मास्युटिक्स ल्याबजस्ता प्रयोगशालाहरू स्थापना गरिएको उहाँले बताउनुभयो । आफ्नै अस्पताल र प्रशस्त पुस्तकालयको सुविधा पनि कलेजले प्रदान गर्दै आएको उहाँको भनाई छ । विश्वविद्यालय तहका कार्यक्रमहरू पूर्वाञ्चल विश्वविद्यालय र डिप्लोमा तहका कार्यक्रमहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी) अन्तर्गत सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
कलेजले स्वास्थ्य विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी राष्ट्र निर्माणमा योगदान पु¥याउने उद्देश्य राखेको बताउँदै उहाँले स्थानीय स्रोतको उचित उपयोग गर्दै सामाजिक विकास र समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित उच्चस्तरीय शैक्षिक गुणस्तरको सुनिश्चितता गर्न कटिबद्ध रहेको बताउनुभयो ।
भरतपुर १२ ग्रोन्द्राङमा नौ कठ्ठा जमिनमा पाँच तले भवनमा श्री कलेज अफ टेक्नोलोजी रहेको छ भने भरतपुर १० भरतपुर माविसँगै श्रीचितवन कलेज रहेको छ । आधुनिक प्रयोगशाला, मल्टिमिडिया सहितको गुणस्तरीय शिक्षा दिंदै आएको बताउँदै उहाँले पूर्वाञ्चल विश्व विद्यालय र सिटीईभिटीका विभिन्न कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो ।
कलेका भरतपुरको चौबीसकोठीमा एक सय शैयाको सुविधासम्पन्न नेशनल सिटी अस्पताल रहेको छ । उपचारका आधुनिक उपकरण, दक्ष र अनुभवी चिकित्सक सहितको अत्याधुनिक अस्पताल भवन रहेका कारण प्राविधिक शिक्षाका लागि थप आकर्षण बनेको छ ।
एउटै व्यवस्थापनमा सञ्चालनमा रहेको श्री कलेज अफ टेक्नोलोजीमा ब्याचलर अफ पब्लिक हेल्थ (बिपिएच), ब्याचलर अफ फार्मेसी (बि फर्मा), ब्याचरल अफ साईन्स ईन नर्सिङ्ग (बिएसएन), पोष्ट बेसिक ब्याचलर ईन नर्सिङ्ग साईन्स (पिबिएनएस) को अध्ययन अध्यापन हुँदै आएको छ । यसैगरी मास्टर ईन पब्लिक हेल्थ (एमपिएच), मास्टर ईन फार्मेसी (एम फर्मा) को अध्ययन अध्यापन पनि हुँदै आएको छ ।विगतमा श्री मेडिकल एण्ड टेक्नीकल कलेजका नाममा चिनिएको यस कलेजको नाम परिवर्तन गरिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij