Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु

बोलेरोको ठक्करबाट पैदल यात्रुको मृत्यु

चितवन : खैरहनी नगरपालिकामा सवारीसधानको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका(११ का ३१ वर्षीय राम अवतारको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो।

ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij