Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

सुनसरी : इटहरी उपमहानगरपालिका– २ स्थित ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेहरूमा संखुवासभाको चैनपुर नगरपालिका–१ घर भई इटहरीमा बस्दै आएका ११ वर्षीय क्रिश्वास लिम्बु र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन् ।

उनीहरू आइतबार गते दिउँसो खोलामा पौडी खेल्न गएका थिए । खोलामा डुबेको अवस्थामा उनीहरूको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पुर्याइएको थियो। क्रिश्वास लिम्बुलाई विराटनगरस्थित विराट मेडिकल कलेज र दिप्सन चौधरीलाई नोबेल अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ। यस घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij