काठमाडौं: अभिनेत्री वर्षा राउत तथा अभिनेता तथा आर्थिक विश्लेषक सञ्जोग कोइराला अहिले एकसाथ हाँसि–खुशी समय बिताइरहेको देखिन्छ ।यो जोडि सार्वजनिक समारोहमा पनि सँग–सँगै देखिन्छ । केहि सयम अगाडि दुवैको सम्बन्धलाई लिएर विभिन्न टिका–टिप्पणी हुन्थ्यो, तर अब ती सम्पूर्ण टिका–टिप्पणी केवल एउटा गसिपको विषय मात्र हो भन्ने कुरा दुवैले प्रमाणित गरिदिएका छन् ।
सञ्जोग अहिले अभिनय क्षेत्रमा छैनन् । उनी अहिले सोसल मिडियासहित विभिन्न प्लेटफार्महरुमा आर्थिक विश्लेषकको रुपमा सक्रिय भैरहेका छन् । उनले आर्थिक विषयमा विभिन्न जानकारीसहितका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।
वास्तवमा हालै वर्षाले ‘तिम्रो मन त चक्कु छुरी…’ गीतमा एउटा रिल बनाएकी थिइन् । उक्त छोटो गीतमा एक्ट गर्ने क्रममा सञ्जोगले उनको हातमा केही चिज राखेर अगाडि बढ्छन् ।सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई के चाहियो र ? एक सेकेण्डका लागि वर्षाको फ्रेममा देखिएका सञ्जोगसहितको वर्षाको तस्विर क्रप गरेर सञ्जालमा ट्रोल गर्न भ्याइहाले ।
एक सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त तस्विर शेयर गर्दै सञ्जोगलाई ‘सञ्जोग सर’ भनेर सम्वोधन गर्दै ‘बुढीहरुलाई कसरी म्यानेज गर्ने ? बुढीहरुको पोर्टफोलियो कसरी बनाउने ? यो सम्बन्धी पनि भिडियो बनाउनु पर्यो ?’ भनेर कमेन्ट गरेका छन् ।
यसको प्रश्नमा सञ्जोगले त कुनै जवाफ दिएका छैनन्, तर वर्षाले भने सटिक जवाफ दिएकी छिन् । उनले ती व्यक्तिलाई यो प्रश्नको जवाफ त म नै भनिदिन्छु भन्दै – ‘बुढीहरुलाई राख्नु भयो भने म्यानेज गर्न गाह्रो हुन्छ । एउटा मात्रै बुढी भयो भने सजिलो हुन्छ है’ भनेकी छिन् ।वर्षाले जवाफ दिने क्रममा ती व्यक्तिलाई अल द बेस्ट पनि भनेकी छिन् । वर्षाले दिएको जवाफमा धेरै जनाले लभ रियाक्ट गरेका छन् ।
यसरी, वर्षाले जुन कुटनैतिक तरिकाले जवाफ दिएकी छिन्, त्यस किसिमको जवाफ त स्वयं सञ्जोगले पनि दिन सक्दैन थिए की ? त्यस्तै प्रश्न सोध्नेले पनि सटिक जवाफ पाएर होला मेरो प्रश्नको जवाफ सञ्जोकले नै दिनु पर्छ भनेर अडान कसेका छैनन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij