Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पर्सा प्रहरीद्वारा १५ सय बढी प्रतिवादी पक्राउ, साढे ३ करोड बढी राजस्व संकलन

पर्सा प्रहरीद्वारा १५ सय बढी प्रतिवादी पक्राउ, साढे ३ करोड बढी राजस्व संकलन

बिरगंज : फरार प्रतिवादीहरूको खोजी र नियन्त्रणका लागि पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियान निकै प्रभावकारी देखिएको छ।अभियान अन्तर्गत प्रहरीले हालसम्म १५ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी ७३ बर्ष भन्दा बढी कैद र साढे ३ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ।अदालतबाट दण्ड जरिवाना तोकिएर लामो समय देखि भारत र नेपालको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका अपराधीहरूलाई नियन्त्रणमा लिने क्रम तीव्र बनाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय निर्देशनमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी गौतम मिश्रको विशेष रणनीति अनुसार खोजी कार्य अघि बढाएको हो। विभिन्न अदालतहरूमा मुद्दा दर्ता भई सजाय भोग्न बाँकी रहेका प्रतिवादीहरू वर्षौंसम्म फरार रहँदा पीडितहरूले न्याय पाउन नसकेको गुनासो बढ्दै आएको थियो।

समाजमा अराजकता फैलिन नदिन र न्याय प्रणालीमा जनविश्वास कायम राख्न प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गरेको हो। गत साउनदेखि हालसम्म प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट १५ सय ११ जना प्रतिवादी लाई पक्राउ गरेको छ।

पक्राउ परेका प्रतिवादीहरूलाई अदालतका फैसलाअनुसार ७३ वर्ष २ महिनाको कैद सजाय र कुल रु. ३करोड,५५, १२हजार,९५६ रुपैया बराबरको जरिवाना असुल गरिएको एसपी मिश्रले बताएका छन्।एसपी मिश्रका अनुसार अब कुनै पनि राजनीतिक दबाब वा पहुँचका आधारमा फरार अपराधीहरू छुट्ने छैनन्। बाँकी रहेका फरार प्रतिवादीलाई समेत पक्राउ गर्न अभियान अझै तीव्र रूपमा अगाडि बढाइने जनाइएको छ।प्रहरीको यो सक्रियता जनसुरक्षा र कानुनी शासनको दृष्टिले सराहनीय पहलका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij