Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

नेपाल र भारतको नौ वर्षपछि गृह सचिव स्तरीय बैठक

नेपाल र भारतको नौ वर्षपछि गृह सचिव स्तरीय बैठक

काठमाडौँ : नेपाल र भारतका गृह सचिव स्तरीय बैठक साउन ६ र ७ मा भारतको नयाँ दिल्लीमा हुने भएको छ ।

बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका एआईजी दान बहादुर कार्की, सशस्त्रका एआईजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल र गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी दिल्ली जाँदै छन् ।

२०१६ भन्दा पछि बस्न नसकेको सो बैठकमा नेपालबाट गृह सचिवको नेतृत्वमा १२ जनाले प्रतिनिधित्व गर्दै छन् । बैठकमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव पनि सहभागी हुँदै छन् । नापी विभागका महानिर्देशक प्रकाश जोशी पनि सहभागी हुने द्धिपक्षिय बैठकमा सुरक्षासँग सम्बन्धित विषयमा छलफल हुने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘सीमापार अपराध, मनिलाउण्डरिङ्ग र जाली नोट नियन्त्रण सम्बन्धी विषयमा छलफल हुन्छ ।’

नेपाल–भारत सीमानाका स्थानीय प्रशासनले गर्ने निर्णय र उनीहरूलाई दिने निर्देशनबारे पनि छलफल हुने एजेन्डा तय गरिएको छ । सीमा नाकाबाट हुने मानव तस्करी नियन्त्रण, लागु औषध र हातहतियारको ओसारपसार नियन्त्रणबारे छलफल हुने प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

बैठकमा सहभागी हुने अधिकारीहरूसँग आइतबार गृह सचिव गोकर्णमणि दुवाडीले छलफल गरेका छन् । छलफलमा सहभागी एक जना अधिकृत भन्छन्, ‘अपराधीहरू एक अर्को देशमा लुक्ने हुनाले उनीहरूलाई नियन्त्रणमा लिन कसरी सहजीकरण गर्ने भनेर पनि छलफल गर्छौँ ।’

सीमानामा देखिएका भू–भागको समस्या बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij