Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मुग्लिन-नारायणगढ सडकमा कारमाथि खस्यो ढुंगा, ३ जना घाइते

मुग्लिन-नारायणगढ सडकमा कारमाथि खस्यो ढुंगा, ३ जना घाइते

काठमाडौं : मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै हिँडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।

उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ । उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।

दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट