Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

शोभाराम ओलीकृत उपन्यास अटेलिस जोइ लोकार्पण

शोभाराम ओलीकृत उपन्यास अटेलिस जोइ लोकार्पण

साहित्यकार शोभाराम ओलीद्वारा लिखित उपन्यास ‘अटेलिस जोइ’को लोकार्पण तथा विमोचन कार्यक्रम सम्पन्न भएको छ । कतारको गोरखाली रेस्टुरेन्टको सभाहलमा नवोदित वाचनालय कतारका अध्यक्ष सन्दीप थपलिया ‘सानु’को सभाध्यक्षता तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा ओलीद्वारा लिखित छैटौँ उपन्यास विमोचन गरिएको हो ।

आई एडसम्मको अध्ययन गरी रोल्पादेखि श्रमको खोजीमा कतार आइपुगेका शोभाराम ओलीका ‘अधुरो जीवन’ (उपन्यास २०६२), ‘परदेशमा व्यथित मन’ (गजल संग्रह २०७४), ‘परदेशी सपना’ (मुक्तक संग्रह २०७५), ‘अथाह’ (बाछिटा संग्रह २०७९) र ‘सुलभ’ (उपन्यास २०८०) यसअघि नै प्रकाशित भइसकेका छन् ।

आफू कतारमा बसिरहँदा आफूले आफ्ना वरिपरि देखेका प्रेम कहानीलाई शब्दमा उनेर परदेशमा प्रेममा परेकाहरूको जीवनमा आधारित कथा लेखेको बताएका छन् ।

विमोचन कार्यक्रममा सीताराम थापा र खेमराज सुवेदीले उपन्यास ‘अटेलिस जोइ’माथि टिप्पणी गरेका थिए । उपन्यास पठनीय रहेको र श्रम गर्न परदेसिएका नेपालीको जीवनशैलीसँग मेल खाने उनीहरुको भनाइ थियो । ‘पुस्तक लेखन कार्यका लागि कथा खोज्न कहीँ जानुपर्दैन,’ थापाले भने, ‘आफ्ना वरिपरि देखे–भोगेका विषयवस्तुलाई समेट्न सके कथाले पुस्तकको रूप लिन सक्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij