Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबिच मर्जर सम्झौता

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबिच मर्जर सम्झौता

काठमाडौँ : दुई वित्त कम्पनीहरू एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् । पोखरा मुख्य कार्यालय रहेको पोखरा फाइनान्स र हेटौँडा मुख्य कार्यालय रहेको समृद्धि फाइनान्सले मर्जरमा जाने गरी आइतबार बिहान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले जानकारी दिए ।

अहिले पोखरा फाइनान्सका २४ वटा शाखा छन् । उक्त फाइनान्ससँग हाल १ अर्ब ८ करोड चुक्ता पुँजी रहेको छ भने प्रतिशेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको छ । पोखरा फाइनान्स तेस्रो त्रैमाससम्म प्रतिशेयर ८ रुपैयाँ नाफामा रहेको थियो ।

त्यस्तै, समृद्धि फाइनान्ससँग हाल ८१ करोड ८९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । उक्त कम्पनीको विभिन्न स्थानमा गरी १४ वटा शाखा रहेका छन् । गत चैत मसान्तसम्म उक्त फाइनान्सको नेटवर्थ ५३.६३ रुपैयाँ रहेको थियो । समृद्धि फाइनान्स भने नोक्सानीमा चल्दै आएको छ ।

मर्जर सम्झौता भए पनि नयाँ बन्ने संस्थाको नाम, स्वाप रेसियो लगायतको विषय भने खुलाइएको छैन । यद्यपि दुई संस्थाबिच १ः१ अनुपातमै स्वाप रेसियो कायम गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij