Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

थारु विद्यार्थी सभाको ‘एसईई सम्मान तथा बधाई कार्यक्रम २०८२’ सम्पन्न

थारु विद्यार्थी सभाको ‘एसईई सम्मान तथा बधाई कार्यक्रम २०८२’ सम्पन्न

काठमाडौँ : थारु विद्यार्थी सभाले आयोजना गरेको ‘एसईई सम्मान तथा बधाई कार्यक्रम २०८२’ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा एसईई परीक्षा २०७९ मा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै थारु समुदायको सांस्कृतिक पहिचान उजागर हुने प्रस्तुति पनि समावेश गरिएको थियो।

कार्यक्रममा पूर्वमन्त्री माननीय भगवती चौधरी प्रमुख अतिथि रहनुभयो भने मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखी विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भयो।

त्यस्तै, समाज कल्याण परिषद्का उपाध्यक्ष  नन्दलाल माझी, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरी, थारु कल्याणकारिणी सभा काठमाडौँ अध्यक्ष प्रेमिलाल चौधरी, तथा स्वप्न वाटिका कलेजका डाइरेक्टर प्रकाशराज पाण्डेजस्ता विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय थारु गायक आरके थारु र लोकप्रिय गायिका समिक्षा चौधरीले सांगीतिक प्रस्तुति दिँदा माहोल झनै रंगीन बनेको थियो। थारु समुदायको कला, संस्कृति र पहिचान झल्किने विभिन्न सांस्कृतिक नृत्य र प्रस्तुतिहरूले कार्यक्रममा विशेष आकर्षण थपेका थिए।

– सहयोगी हातलाई नमन

कार्यक्रमको सफलता लागि काठमाडौँ स्वप्न वाटिका कलेज शैक्षिक साझेदार तथा मिडिया पार्टनर, साथै आर्थिक तथा भौतिक सहयोगी संस्थाहरुको योगदान उल्लेखनीय रहेको थारु विद्यार्थी सभाले जनाएको छ।
सभाले सबै सहयोगी हातहरू र सहभागीहरूप्रति हृदयबाट नमन तथा धन्यवाद प्रकट गरेको छ।

कार्यक्रममा काठमाडौँका विभिन्न कलेजका विभागीय प्रमुखहरू, विद्यार्थी, अभिभावकहरू र थारु समुदायका कलाकार तथा सांस्कृतिक अभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
थारु विद्यार्थी सभाले यस कार्यक्रममार्फत युवामा शिक्षा, सम्मान र समुदायप्रतिको जिम्मेवारी झल्काउने प्रयास गरेको जनाइएको छ।  कार्यक्रम थारु विद्यार्थी सभाका केन्द्रीय अध्यक्ष सुशिला चौधरीको अध्यक्षतामा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij