Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

नयाँ बानेश्वरमा ड्रोन आतंक !

नयाँ बानेश्वरमा ड्रोन आतंक !

काठमाडौं : संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा ड्रोन आतंक बढेको छ । शनिबार साँझ साढे ५ बजे नयाँ बानेश्वरस्थित पाठशाला स्कुल नजिकैका केही घरमा ड्रोन खसालिएपछि स्थानीय त्रसित भएका हुन् ।

घटनाबारे तुरुन्तै प्रहरीमा जानकारी गराइएको छ । घटनालाई संकास्पद रुपमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । यसअघि पनि असार २६ गते संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा बानेश्वरस्थित टेकस्पायर कलेजका एक प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरिएको थियो।उक्त घटनाले संसदभित्रै सुरक्षा प्रश्न उठाएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमै विषय उठान गरेका थिए ।

पछिल्ला घटनाहरूलाई संकास्पद मान्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले ड्रोन चलाउनेहरूको पहिचान गरिरहेको छ ।सुरक्षा संवेदनशील क्षेत्रहरूमा अनुमति बिना ड्रोन उडाउनु कानुन विपरीत भए पनि पछिल्लो समय काठमाडौंका विभिन्न स्थानमा बारम्बार यस्ता घटनाहरू दोहोरिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij