सिन्धुली : जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार रातिदेखि सोमबारसम्म सुनकोसी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार एक सूचना जारी गर्दै सर्तकर्ता अपनाउन आग्रह गरेको हो ।
सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारदेखि सोमबारसम्म अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको बताउँदै सुनकोसी नदी लगायतका नदी, किनार र आसपासका क्षेत्रहरूमा जोखिम हुनसक्ने देखिएकोले नदी आसपासका बासिन्दा र वीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।साथै ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशन पालना गर्न समेत सूचनामा आग्रह गरिएको छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij