रत्ननगर : चितवनमा शनिबार कोरा च्यालेन्ज साइकल र्याली गरिएको छ ।सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टर नारायगणढमा उद्घाटन भएर सुरु भएको साइकल र्याली कालिका तथा रत्ननगर नगरपालिकाका विभिन्न स्थान हुँदै पर्यटकीय नगरी सौराहा परिक्रमा गरेको थियो । सिन्धुपाल्चोकको मेलम्ची बजार स्थित धनुवार समुदायमा सोलार प्यानल खरिदका लागि सहयोग जुटाउन, साइकल संस्कृतिको विकास गर्न र वाताबरण संरक्षणको सन्देश प्रबाह गर्न कोरा- २५ साइलक च्यालेन्ज आयोजना गरिएको हो ।
माउण्टेन वाइक पसल (एमटीवी बग) को आयोजना तथा रत्ननगर नगरपालिका र सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टरको सहयोगमा आयोजित ¥यालीमा रत्ननगरका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, वडाध्यक्षहरु सहित १७५ जना साइकलप्रेमीहरुको सहभागी थिए ।
साइकलमा सवारहरुले ५० किलोमिटर दुरी पार गरेका छन् । साइकल र्यालीको रत्ननगर नगरपालिकाको सभाहलमा समापन गरिएको थियो । सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रदाद सापकोटाले स्वास्थ्य सुरक्षा र बाताबरण संरक्षणको लागि साइकलको प्रयोग अनिवार्य जस्तै भएको बताए ।
उनले पर्यटकीय नगरी सौराहामा पर्यटकले प्रयोग गर्ने गरी साइकलको व्यवस्था गर्ने सोचमा आफु रहेको बताए । एक घण्टा निःशुल्क गर्ने र त्यसभन्दा माथिको समयको शुल्क लिने गरी सौराहामा साइकल राख्ने सोच आएको छ उनले भने यस विषयमा नगरपालिकाले छिट्टै निर्णय गर्नेछ । सेन्ट्रल कलेज भोकेस्नल ट्रेनिङ्ग सेन्टरका प्रिन्सिपल यज्ञविशाल पौडेलले चितवनमा साइकल संस्कृतिको विकासका लागि आफुले सहयोग गर्दै आएको बताए ।
सेन्ट्रल कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दैै आएको बताए । कोरा च्यालेन्ज चितवनका अध्यक्ष तथा एमटीवी बगका संस्थापक सदस्य प्रविण श्रेष्ठको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा साइकल र्यालीमा सहभागीहरुलाई मेडल प्रदान गरिएको थियो ।प्रतिक्षा श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा उपमेयर पाठक, वडाध्यक्ष कृष्ण चौधरी, सोहेन्द्रराज खरेल लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij