Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

आँबुखैरेनीको ऐनापहरामा स्काई वाक सञ्चालन

आँबुखैरेनीको ऐनापहरामा स्काई वाक सञ्चालन

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ मा अवस्थित ऐनापहरामा निर्माण गरिएको साहसिक खेल स्काई वाक आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । “पहराको काखबाट आकाश छुनु जस्तै हो स्काईवाक जहाँ हिम्मतले डरलाई हराउँन सफल हुन्छ, “भन्ने उदेश्यका साथ साहसिक खेल खेलेर अनुभव बटुल्नको लागि गाउँपालिकाले स्काईवाक संचालनमा ल्याएको हो ।

गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको हो ।पर्यटकलाई थप मनोरञ्जन दिलाउन सशुल्कसहित स्काईवाक संचालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।स्काइ वाकका लागि प्रतिव्यक्ति रु २५० शुल्क तोकिएको छ । कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ ।

ऐनापहराबाट गाउँपालिकाले रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ ।पछिल्लो समय ऐनापहरामा आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेपछि स्थानीय उत्पादनले बजार पाउन समेत थालेको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको अध्यक्ष चुमानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij