बनेपा : काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको अरनिको यातायातको बस दुर्घटनामा परेको हो ।
बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भइ उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले अनलाइन नेपाललाई बतायो ।
यद्यपी प्रहरीले बस घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । चालकले भने ब्रेक फेल भएपछि यात्रुहरुको ज्यान जोगाउनका लागि भित्तामा बस जोताएको बताएका छन् ।
१.जिल्ला रामेछाप दोरम्बा गा.पा २ बस्ने अ. बर्ष ४६ को भिम बहादुर मगर। (मुख र घोडामा चोट, अवस्था मध्यम) ।
२.ऐ.दोरम्बा ७ बस्ने बर्ष अ.४४ को नम्बर सिंह तामाङ। (मुख र घाँटीमा चोट, अवस्था मध्यम) ।
३.ऐ.ऐ.४ बस्ने बर्ष ४६ की फुल माया तामाङ (टाउकोमा चोट, मध्यम) ।
४.जिल्ला काभ्रे चौरिदेउराली गा.पा.३ बस्ने बर्ष अ.३० को राम बहादुर चापागाईं (कम्मरमा भित्री चोट, अवस्था मध्यम)।
५.ऐ.भुम्लु गा.पा. ५ बस्ने अ. बर्ष ४५ को मिन बहादुर वि.क (दाहिने आँखा र देब्रे कुममा चोट अवस्था मध्यम)।
६.जि.रामेछाप दोरम्बा ७ बस्ने बर्ष अ. २८ को भुवन थापा मगर। (ओठमा चोट, सामान्य)।
७.जिल्ला गोरखा अजिरकोट गा.पा. ४ बस्ने अ. बर्ष ३५ को कमल सुनार। (च्यापुमा चोट, मध्यम)।
८.जिल्ला काभ्रे चौरिदेउराली गा.पा.३ बस्ने बर्ष अ.२६ को सुवास तामाङ। (च्यापुमा चोट, मध्यम) ।
९.ऐ.ऐ.भुम्लु गा.पा. ५ बस्ने अ. बर्ष ४४ की निर्मला खत्री। (देव्रे हातमा चोट, सामान्य)।
१०.ऐ.ऐ.चौरिदेउराली गा.पा. ९ बस्ने बर्ष अ.२१ को सरोज रसाइली। (देब्रे हातमा चोट, सामान्य) ।
११.ऐ.ऐ.२ बस्ने बर्ष २६ को राम गौतम। (छाति र गालामा चोट, मध्यम)
१२.ऐ.ऐ.४ बस्ने बर्ष २१ को सरोज विक। (टाउको र देब्रे खुट्टामा चोट, मध्यम) ।
१३. ऐ.ऐ. ३ बस्ने बर्ष ७८ को दोर्जे लामा। (छातीमा भित्री चोट, मध्यम)।
१४. ऐ.ऐ. ३ बस्ने बर्ष १७ को प्रकाश गौतम। (छातीमा चोट, सामान्य)।
१५. जिल्ला रामेछाप दोरम्बा गा.पा. ७ बस्ने बर्ष ५९ को असलमान तामाङ। (कोखा दुखेको, सामान्य)।
१६. ऐ.ऐ. बस्ने बर्ष ६४ को सुकलाल लामा। (छाति दाहिने घोडामा चोट, मध्यम)
१७. ऐ.ऐ. बस्ने बर्ष ४५ को शेर बहादुर तामाङ। (कोखामा दुखाई, सामान्य)
१८. ऐ.ऐ. ४ बस्ने बर्ष ४० को तारा बहादुर श्रेष्ठ। (मुखमा चोट, सामान्य)।
१९. ऐ.ऐ. ७ बस्ने बर्ष १५ को दिव्या थापा मगर। (दातमा चोट, सामान्य)।
२०. ऐ.ऐ. ४ बस्ने बर्ष ५१ को चेत बहादुर श्रेष्ठ। (कम्मरमा भित्री दुखाई, मध्यम)।
२१. जिल्ला काभ्रे चौरी देउराली गा.पा. ३ बस्ने बर्ष ५८ की माईली तामाङ। (छातीमा भित्री चोट, सामान्य)
२२. ऐ.ऐ. ५ बस्ने बर्ष ६४ की मैया बुढाथोकी। (टाउको दाहिने हातमा चोट, मध्यम)।
२३. ऐ.ऐ. भुम्लु गा.पा. ५ बस्ने बर्ष ४१ को जनक रिजाल। (कम्मरमा भित्री दुखाइ, मध्यम)।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij